उपनिर्वाचन २०७६ः पुनर्वास–३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी

उपनिर्वाचन २०७६ः पुनर्वास–३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पुनर्वास नगरपालिका–३ मा आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी विजयी भएको छ । उक्त निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

नेकपाका तमाङले ५२८ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर तामाङले ३१० मत पाउनुभयो । यसैगरी समाजवादी पार्टीका भीमबहादुर तामाङले ७५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदमबहादुर शाहीले सात मत प्राप्त गर्नुभयो । चार मत बदर भएको थियो । निर्वाचित वडाध्यक्ष तामाङलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो ।

कूल एक हजार १९९ मतदातामध्ये निर्वाचनमा ९२४ मतदाताले मतदान गरेका थिए । पुरुष ३९० तथा महिला ५३४ जनाले मतदान गरेको बाँस्तोलाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ