नेकपा सर्लाही इन्चार्ज तामाङ गिरफ्तार, विनासर्त रिहा गर्न माग

नेकपा सर्लाही इन्चार्ज तामाङ गिरफ्तार, विनासर्त रिहा गर्न माग

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौ, १४ मंसिर । 

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सङ्गठनको कामको सिलसिलामा जनभेटघाटमा रहेको बेला आफ्नो पार्टीका ब्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज लालबहादुर तामाङलाई प्रहरीले अमानवीय र गैरकानुनी ढङ्गले सर्लाहीबाट गिरफ्तार गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा ब्युरो इन्चार्ज अरुणले गिरफ्तार गरिएका सर्लाही इन्चार्ज तामाङलाई तत्कालै विनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा अन्यथा सरकारी दमनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ