काठमाडौंका ३२ वटै वडामा उद्यान निर्माण गर्छौः शाक्य

काठमाडौंका ३२ वटै वडामा उद्यान निर्माण गर्छौः शाक्य

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, १४ मङ्सिर ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरभित्र हरियाली उद्यान निर्माण कार्य अभियानकै रूपमा शुरु गरेको बताउनुभएको छ । वडा नं ५ बुद्धविहारले आयोजना गरेको कार्यक्रममा उहाँले महानगरमा भएका सार्वजनिक निर्माण गर्ने कार्यमा निरन्तर लागिरहेको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, “बत्तिसवटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्ने र उद्यान निर्माण गर्ने कार्यमा महानगरपालिका निरन्तर लागिरहेको छ ।” आगामाी तीन वर्षभित्र सबै वडामा निर्माणको काम सक्ने उहाँले जानकारी गराउनुभयो । अहिले कमलपोखरी, इको, शङ्कपार्क, बागमती नगर, शान्ति र बुद्ध उद्यान निर्माणको कार्य भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

उद्यान निर्माणसँगै गोर्खा भूकम्पका कारण क्षति भएको ऐतिहसिक सम्पदाको पुनः निर्माण कार्यमा पनि महानगरपालिकाको सक्रियता रहेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य नारायण सिलवालले महानगरपालिकाले सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण गर्ने कार्यमा लाग्नुपर्ने भन्दै त्यहाँका लागि प्रदेशले पनि सहयोग गर्ने बताउनुभयो ।

वडाध्यक्ष रमेश डङ्गोल र नेकपाका नेता वीरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । महानगरको रु ९० लाखको आर्थिक सहयोगमा वडा नं ५ मा वुद्धविहार बनाउने काम भइरहेको छ । हालसम्म महानगरले वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान गरिसकेको छ । वडा नं ३ मा १५, वडा नं ६ मा १० र वडा नं २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको छ ।

महानगरका अनुसार वडा नं ३ मा पहिचान भएको जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न केही समयअघि नै प्रमुख शाक्यले सबै वडाका वडाध्यक्षलाई निर्देशन दिनुभएको थियो । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने भएको छ ।

चालू आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरिएको छ । यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ