आफ्नै बाबुले गरे छोरीलाई बलात्कार, बाबु प्रहरी नियन्त्रणमा

आफ्नै बाबुले गरे छोरीलाई बलात्कार, बाबु प्रहरी नियन्त्रणमा

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

खजुरा, १४ मंसिर । बाँकेको खजुरा गाउँपालिकामा बबाबुले आफ्नै छोलीलाई बलात्कार गरेका छन् । ४२ वर्षीय बावुले १५ वर्षीया माइली छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धनौली इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।
गत १२ असारमा भएको बलात्कारको घटना १० मंसिरमा पीडितकी आमाले छोरीका तर्फबाट इप्रकामा जबरजस्ती हाडनाता करणीको जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरी र छोराको बिहे भइसकेको छ ।
प्रहरीले सोही दिन अभियुक्त बावुलाई पक्राउ गरी जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि सात दिनको म्याद पाएको छ । बलात्कारको घटना परिवारका सबै सदस्यलाई थाहा थियो ।
एक पटक सुध्रने मौका दिने भन्दै उनीहरुले ढाकछोप गरेका थिए । प्रहरीमा जाहेरी दिने दिन पनि अभियुक्तले जाँड खाएर पत्नीलाई कुटेका थिए । घर बनाउने ज्यामीको काम गर्ने अभियुक्त नसुध्रेपछि प्रहरी गुहारेका थिए । ‘४ असारमा रक्सी खाएर कुटपिट गरेपछि पत्नी माइत गइन् । पत्नी नभएको मौका छोपी १२ असारको राति ११ बजे बावुले छोरीलाई बलात्कार गरेको जाहेरी परेको छ । अभियुक्त बावुले प्रहरीसँगको प्रारम्भिक बयानमा ‘जाँड खाएको बेलामा एक पटक मात्र ‘सँगै सुतेको’ बताएका छन्’, इप्रका प्रमुख थपलियाले भने, ‘पीडित बालिकाले जाँड खाएको बेलामा बावुले पटक–पटक ‘करणी’ का लागि धम्काउने गरेको बताएकी छिन् ।’
कक्षा ९ की विद्यार्थी बालिका बलात्कारको घटनापछि विद्यालय जान छोडेकी छन् । प्रहरीले बालिकालाई पुनः विद्यालय पठाउन मानव अधिकारकर्मी र सामाजिक मनोपरामर्शदाताको सहयोगमा लिइरहेको जनाएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले १८ वर्षभन्दा कम उमेरलाई बालिका मानेको छ । कानुनले यो उमेर समूहका बालिकासँग सहमतिमा गरेको करणीलाई पनि बलात्कार मानेको छ ।
यस्तो कसुरमा चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैदको व्यवस्था छ भने हाडनातामा करणीको महलमा बावुले छोरी करणी गर्दा जन्मकैद (२५ वर्ष) को व्यवस्था छ । यी अभियुक्त बावुलाई ऐनका दुबै महल प्रभावित हुँदा अधिकतम् ३९ वर्षसम्म कैद हुनसक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ