प्यूठानमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

प्यूठानमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

१४ मङ्सिर,प्यूठान ।

प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स गएराति खोलामा खसी दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स सडकबाट करिव पाँच सय मिटर तल खोलामा खसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ