पोखराको अर्को मतदान केन्द्रमा पनि बम विस्फोट

पोखराको अर्को मतदान केन्द्रमा पनि बम विस्फोट

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पोखरा, १४ मंसिर ।

पोखराको दुइ वटा मतदान केन्द्र नजिक आज बम विस्फोट भएको छ । आज विहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको कास्की प्रहरीले जनाएको छ।

मतदान केन्द्र भन्दा केहि टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ। सो निर्वाचन क्षेत्र समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर धर्मराज गुरूङले मतदान गर्ने मतदान केन्द्र समेत हो।
यस्तै पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात माविमा पनि मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ ।
मतदान भइरहेका बम विस्फोट भएको बताईएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रभन्दा केही टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ। यी दुवै ठाउँमा मानवीय क्षति भने भएको छैन। मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ