सागको औपचारीक उद्घाटन भोली, पाँच बजे सुरु हुने समारोह तीन घण्टा चल्ने

सागको औपचारीक उद्घाटन भोली, पाँच बजे सुरु हुने समारोह तीन घण्टा चल्ने

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारीक उद्घाटन भोली हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ ।

साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले हिजो बेलुकी सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ ।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा गरिएको छ । दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रस्तुत हुने बताइएको छ ।

यसका लागि एक हजार भन्दा बढी कलाकारले तयारी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । कलाकारले सहभागी देशका खेलाडी र पदाधिकारीको स्वागतमा सम्बन्धित देशकै गीतमा नृत्य गर्नेछन् भने प्रत्येक खेलाडी र पदाधिकारीले आफ्नो देशको झण्डासहित मार्च पास गर्ने बताइएको छ ।

सागका २८ खेलमध्ये आठ खेल पोखरामा र कुस्ती जनकपुरमा हुने आयोजकले जनाएको छ

। मंसिर २४ गतेसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिकसहित ६ हजार भन्दा बढीले सहभागीता जनाउने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ