आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षपछि पक्राउ परे तामाङ, बालिका अपहरणको प्रयास गर्ने भारतीय जेल सजाय

आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षपछि पक्राउ परे तामाङ, बालिका अपहरणको प्रयास गर्ने भारतीय जेल सजाय

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बेत्रावती, १३ मङ्सिर।

आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।

तामाङलाई प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मकवानपुर पठाएको हो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तामाङले विसं २०५६ भदौ २१ मा मकवानपुरमा रहँदा जन्माइएको बच्चाको हत्या गरेर फालेको अभियोगमा त्यहाँको जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

त्यसबेला अविवाहित तामाङले गर्भपतन गरेको, मृत बच्चा जन्माएको वा जन्माएर हत्या गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

बालिका अपहरणको प्रयास गर्ने भारतीय जेल सजाय

बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक ९अनिल भनिने दुर्गानन्द झा० लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् ।

मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् ।

आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताउनुभयो । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ