काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै, आज वर्षकै सबैभन्दा कम

काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै, आज वर्षकै सबैभन्दा कम

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, मंसिर १३ ।
काठमाडौं उपत्यकाको तापक्रम पछिल्लो समय दिनप्रति दिन घट्दै गएको छ । आज बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । विहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हिजो न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो। दिनहुँ तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भइरहेको छ।

देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव आज साँझदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने मौसमविद अर्यालले बताउनुभयो ।

पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने भएकाले भोलीदेखि भने पश्चिमी भेगको मौसम सफा हुने सम्भावना छ। यीबाहेक देशका अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैबीच हुम्लामा हिजो साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । हुम्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ