काठमाडौं, मंसिर १३ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन् । नियमित चेक जाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।
विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए । पक्राउ परेका व्यक्ति नै सुनको मालिक हो वा अरु कोहि हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करर्को याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समयसमयमा सुन बरामद हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline