रामजानकी विवाह पञ्चमीमा आज तिलकोत्सव

रामजानकी विवाह पञ्चमीमा आज तिलकोत्सव

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

धनुषा, मंसिर १३
रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदै छ ।त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव कार्यक्रम गर्न लागिएको हो ।

त्रेता युगमा सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो, त्यसैको स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा साधु सन्तसहितको सयौँको संख्या जन्ती आउने गर्छन् ।

विवाह पञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रम अनुसार भारत अयोध्याबाट आएका जन्ती र राम मन्दिरका सन्तसमेतको उपस्थितिमा हिन्दू वैवाहिक विधिअनुसार तिलक चढाउने गरिन्छ ।

कार्यक्रममा भगवान श्रीरामको पिताको भूमिकामा राम मन्दिरका महन्थ बाबा रामगिरी र माता सीताको पिताको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव रहनुहुनेछ ।

भारत अयोध्याबाट आएका जन्तीको स्वागतका लागि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम जाने कार्यक्रम छ । ५ सयभन्दा बढीको संख्यामा आएका जन्तीलाई राष्ट्रपति भण्डारीले जनकपुरधाममा रहेको रंगभूमि मैदानमा स्वागत गर्ने कार्यक्रम छ ।

विवाह पंचमी महोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत पाँचौ दिन भोलि मटकोर र छैटौँ दिन पर्सि (आइतबार) विवाह महोत्सव मनाइने छ । अन्तिम दिन आउँदो सोमबार रामकलेवासहित जन्तीको विदाइ गरी महोत्सव समापन गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ