तेहौँ सागको महिला भलिबलमा नेपाल पराजित(फोटोफिचर)

तेहौँ सागको महिला भलिबलमा नेपाल पराजित(फोटोफिचर)

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० सेटमा हराएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल २४–२२ अङ्कको अवस्थामा पुगेको थियो । त्यसपछि खराब खेल प्रदर्शन गर्दा जितबाट वञ्चित रह्यो । नेपालले पहिलो सेट २४–२६ अङ्कले गुमायो । दोस्रो र तेस्रो सेटमा भने भारत नेपालमाथि हाबी रह्यो । नेपाल दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–१६ अङ्कले हा¥यो ।

यसअघि नेपालले बुधबार पहिलो खेलमा बङ्गलादेशलाई ३–० सेटले हराएको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल महिला भलिबलको समूह ‘ए’ मा छ । उक्त समूहमा भारत र बङ्गलादेशसमेत छन् । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बङ्गलादेशबीच हुनेछ । सो खेलमा भारतले बङ्गलादेशलाई हराए नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ