जनकपुर ।
मिथिला स्वायत्तप्रदेश जनप्रतिनिधि सभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेल जनप्रतिनिधि सभाका अध्ययक्ष मिथिला चौहान लगायतको उपस्थिती थियो ।
अधिवेशनले २ रिक्त सहित ११ सदस्यीय मिथिला स्वायत्त प्रदेश जनपरिषद् गठन गरेको छ ।जनपरिषद् प्रमुखमा महेन्द्र मण्डल,उप–प्रमुखमा भक्तबहादुर कार्कीर सदस्यहरुमा रामनाथमण्डल, करणयादव, रामकुमारी महरा, उमेश सिंह, चेतनारायणमुखिया,विमलाभट्टराई र विकल्पलामा रहनुभएको छ ।
अधिवेशनको उद्घाटनगर्दै प्रमुखअतिथि सन्देश पौडेलले वर्तमानदलाल संसदीयपुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनामाअघिबढ्नुपर्ने बताउनुभयो ।
वर्तमानदलाल संसदीयपुँजीवादीसत्ताले विकास र समृद्धिको नाममाभ्रष्टचार, दलालीकरण, महंगी र हत्याजस्ताजघन्यअपराधगरिरहेको बताउँदै वहाँले वैज्ञानिक समाजवादी सत्ताले मात्रै जनताको न्यायगर्ने बताउनुभयो । उहाँँले जनसत्तालाई सुदृढ गर्दै वैज्ञानिक समाजवादीव्यवस्थाको मार्गमाअघिबढ्न सम्पूर्ण उत्पीडितजनता, वर्ग रजनसमुदायलाई आग्रहगर्नुभयो ।
अधिवेशनमा नेकपाका केन्द्रीय सदस्य सरल, ब्युरो सदस्यहरुशिखर, अमर, अकेला, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यझलकलगायतले शुभकामनामन्तव्य राख्नुभएको थियो ।अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रविक र ताम्सालिङ स्वायत्तप्रदेशकाप्रतिनिधिकपिलले नवनिर्वाचितजनपरिषद्लाई बधाई तथाशुभकामनाज्ञापनगर्नुभएको थियो ।