तलेजु देवीको मन्दिर संरक्षणमा जुटे स्थानीय

तलेजु देवीको मन्दिर संरक्षणमा जुटे स्थानीय

  • बिहिबार, मंसिर १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भक्तपुर, १२ मंसिर । सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा अवस्थित तलेजु देवीको मन्दिर संरक्षणका लागि स्थानीयहरु यति बेला जुटेका छन् ।

आज स्थानीयहरुको एक भेला गरी तलेजु देवीको मन्दिर संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।

भेलाले मनोज के.सी.लाई समितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा राजन थापा, सचिवमा सुवर्ण थापा, कोषाध्यक्षमा बिक्रम थापालाई चयन गरेको छ ।

सदस्यहरुमा क्रमशः भरत बहादुर थापा, निरञ्जन थापा र मोहन बिक्रम थापा रहेका छन् ।

केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानीयहरु बताउँछन् ।

परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ