चितवन मंसिर १२ ।
चितवनको भरतपुरमा आज विहानै बम बिस्फोट भएको छ । उपनिर्वाचनको संघारमा निर्वाचन हुन लागिरहेको भरतपुर वडा नं. १६ मा विहानै सिलिन्डर बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति भएको छैन ।
बम बिस्फोट फुर्तीचोकदेखि वडा कार्यालय जाने सडक खण्डको खेतमा भएको हो । बिहान करिब साढे ३ बजेको समयतिर ठूलो आवाजले बिस्फोट भएपछि स्थानीयहरु त्रसित बनेका थिए ।
बम कसले बिस्फोट गराएको हो भने खुल्न सकेको छैन । बिस्फोट भएको खेतमा टायरका टुक्रा र सिलिण्डरका टुक्राहरु भेटिएका छन् । यता, चितवन प्रहरीले भने कुनै बिस्फोट नभएको दाबी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline