हुम्लाको सिमकोटमा टिप्पर दुर्घटना, तीनको मृत्यु

हुम्लाको सिमकोटमा टिप्पर दुर्घटना, तीनको मृत्यु

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

सिमकोट, ११ मङ्सिर । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्ँिटदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा नोरी लामा रहेका छन् । टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ । घाइतेहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरूको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ । घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा जानु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ