चोरिएका १७ मोटरसाइकल फेला

चोरिएका १७ मोटरसाइकल फेला

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ, ११ मङ्सिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ ।

उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ । चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जिम्मा लगाउनुभएको हो । महाशाखाबाट सबिना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रवीण सुवेदीलगायतले आजै मोटरसाईकल बुझेर लैजानुभएको छ । उहाँहरूले मोटरसाइकल खोजी गर्ने प्रहरीहरूलाई धन्यवादसमेत दिनुभयो । चालू आवमा हराएका ११८ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ