सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कार कार्यक्रममा प्रहरी हस्तक्षेप, नेता न्यौपानेसहित १३ जना गिरफ्तार

सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कार कार्यक्रममा प्रहरी हस्तक्षेप, नेता न्यौपानेसहित १३ जना गिरफ्तार

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नेपालगञ्ज, ११ मंसिर । सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बाँकेको आयोजनामा  गरिएको कोणसभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

बाँकेको कोहलपुर–६, रजनामा भएको कोणसभामाथि हस्तक्षेप गरी प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का वैकल्पिक पीवीएम भुपेन्द्र न्यौपानेसहित, केस तेजविक्रम शाही लगायत १३ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

प्रहरीले उनीहरुलाई नेपालगञ्ज प्रहरी कार्यालयतर्फ लगेको कार्यक्रमस्थलबाट देजमोकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले जानकारी दिइन् । उनका अनुसार गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरुमा देजमो बाँकेका अध्यक्ष सुरेश ओली, प्रेम थापा, पार्टीका बर्दिया सेक्रेटरी विपिन रोकाय, हृदेव शाही, धुमबहादुर सिंहलगायत रहेका छन् ।

कार्यक्रम स्थलमा भएको प्रहरी दमनका विरुद्ध कोणसभामा उपस्थित नेता कार्यकर्ता तथा जनसमुदायले नाराबाजी समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ