भोजपुर, ११ मंसिर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ ।
मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा जेसिबीमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजानी गर्नुका साथै हातहतियार, विस्फोटक पदार्थलगायत अपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका–५, खावा घर भएका जिल्ला सेक्रेटरी विष्टलाई भोजपुर नगरपालिका–१०, भैँसीपङ्खाको गजुरमुखीबाट प्रहरीले गत असोज ५ गते पक्राउ गरेको थियो ।