१३औं दक्षिण एसियाली खेलकुदः भलिबल आजबाट सुरु

१३औं दक्षिण एसियाली खेलकुदः भलिबल आजबाट सुरु

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मंसिर ११, काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । समूह चरण अन्तर्गत नेपालको दुवै टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ ।

नेपाली महिला टिमले बंगलादेशसँग अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्दा पुरुष भलिबल टोलीले साँझ ७ बजे बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ ।

दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो ।

महिला टोलीलाई सेन्ट्रल जोनको उपलब्धिलाई जोगाउनु पनि छ । त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ