काठमाडौंका बैंकबाट चोरी गर्ने ६ जना पक्राउ, आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

काठमाडौंका बैंकबाट चोरी गर्ने ६ जना पक्राउ, आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न बैकबाट रकम चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलासा भएको छ ।

अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँ बरामत भईसकेको र चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो । पक्राउ परेका सबै नेपाली नागरिक हुन् । उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइृ छ । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले जनाएके छ ।

यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ