११ मङ्सिर, काठमाडौं ।
अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको आइसियूमा उच्च निगरानीमा राखिएको छ।
उहाँलाई अबका केही दिन अस्पतालमै राखिने अस्पतालले जारीे विज्ञप्तिमा जनाईएको छ ।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली आज अस्पतालमै रहने बताउनु भयो ।
बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ। त्यसकारण आज अस्पतालमै रहनुहुन्छ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारी र ओलीकी निजी चिकित्सक दिव्या सिंहको टोलीले गरेको थियो। प्रधानमन्त्रीलाई अत्यधिक पेट दुखेपछि संक्रमण हुनेगरी एपेन्डिसाइटिस भएको थियो।
प्रधानमन्त्री ओली साउन यता ६ पटक अस्पताल भर्ना भईसक्नुभएको छ ।