विवाहपञ्चमी महोत्सव आजदेखि शुरु, जानकी मन्दिर दुलही झैं सिंगारियो

विवाहपञ्चमी महोत्सव आजदेखि शुरु, जानकी मन्दिर दुलही झैं सिंगारियो

  • मङ्लबार, मंसिर १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

धनुषा, १० मंसिर । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजदेखि शुरु हुँदैछ ।

त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।

साताब्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय मूल समाहरोह समिति गठन गरेको छ ।

विवाहपञ्चमी महोत्सव आज नगर दर्शनबाट सुरु हुनेछ । दोस्रो दिन भोलि फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवं विवाह र सातौँ दिन राम कलेवा विधिसँगै महोत्सव सम्पन्न हुनेछ ।

विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्तीलाई स्वागत गर्न विशेष तयारी गरिएको छ ।

भारतको सर्वोच्च अदालतले आलै अयोध्यामा राम मन्दिर निर्माणको पक्षमा फैसला सुनाएकोले यसपटक जनकपूर आउने श्रद्धालु भक्तजनको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ