बिडिसिए कपः तीन टोली सुपर सिक्समा

बिडिसिए कपः तीन टोली सुपर सिक्समा

  • सोमवार, मंसिर ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बैतडी, ९ मङ्सिर।

बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । लिग चरणका खेलबाट पाटन भ्याली क्रिकेट क्लब, वासुलिङ क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब सुपर सिक्समा पुगेका हुन् ।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न खेलमा भ्यालीले महामाया क्रिकेट क्लबलार्ई ४६ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो । उसका लागि राहुल भण्डारीले ४७ रन बनाए । महामायाका लागी जयसिंह टोक्टरेले चार विकेट लिए । जवाफी ब्याटिङ गरेको महामायाले २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो ।

उसका लागि सन्तोष बिजलेको ३७ रन बनाए । भ्यालीका पारस विष्टले तीन तथा राहुल भण्डारीले दुई विकेट लिए । राहुल म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । अर्को खेलमा असिमकेदार क्रिकेट क्लबमाथि १४८ रनको जित हात पार्दै वासुलिङ सुपर सिक्समा पुगको हो ।

पहिला ब्याटिङ गरेको वासुलिङले तीन विकेट क्षतिमा २०० रन बनायो । उसका लागि सुरेन्द्र ऐरीले सर्वाधिक ५३ रन बनाए । असिमकेदारका चक्र बडुले एक विकेट लिए । दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ५२ रनमा समेटियो । वासुलिङका महेश ऐरीले चार विकेट लिए ।उनी म्यान अफ द म्याच घोषित भए ।

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिपुरा सुन्दरी क्रिकेट क्लबलाई ५० रनले पाखा लगाउँदै पञ्चकोटी सुपर सिक्समा प्रवेश ग¥यो । पहिला ब्याटिङ गरेको पञ्चकोटीले डम्बर बुडालको ७२ रनको मद्दतमा चार विकेट गुमाउँदै १६६ रन बनायो । त्रिपुराका वीरेन्द्र रानाले दुई विकेट लिए । एक सय ६७ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको त्रिपुरा १६ ओभरमा ११६ रनमा सीमित रह्यो । उसका लागि लोकेन्द्र थापाले ३२ रन जोडे ।

पञ्चकोटीका जीवन बुडालले चार तथा दिनेश बुडालले तीन विकेट लिए । बुडाल म्यान अफ द म्याच घोषित भएको जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले बताउनुभयो । जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका २० टोली सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ