बालाचतुर्दशी पर्वः दिवङ्गत पितृका नाममा आज शतबीज छरिँदै

बालाचतुर्दशी पर्वः दिवङ्गत पितृका नाममा आज शतबीज छरिँदै

  • सोमवार, मंसिर ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, ९ मंसिर । बालाचतुर्दशी पर्व अन्तरर्गत दिवङ्गत पितृका नाममा आज शतबीज छरिँदैछ ।

काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए ।

हरेक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन बेलुकी मन्दिरमा पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् ।

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशभरबाट भक्तजनहरु पशुपतिमा आउने गर्छन् ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न पनि पशुपतिमा हिजो अपरान्हदेखि नै भक्तजनको भीड लागेको थियो ।

दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ