काभ्रे।
चौरी देउरालीमा पर्यटकीय सम्भावना, आधार र चुनौति बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
काभ्रेको कोसिपारी चौरीदेउराली गाउँपालिकामा पर्यटकीय गुरुयोजना बनाउन शनिबार आयोजित कार्यक्रम नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा एक दिने अन्तरक्रिया कार्यक्रम समापन भएको थियो।
उक्त चौरीदेउरालीमा पर्यटकीय सम्भावना, आधार र चुनौतिहरुमा खोजमूलक विषयमा गरिएको अन्तरक्रियामाा कार्यक्रममा सहभागी चौरीदेउराली गाउँपालिकाका पर्यटन व्यवसायी, सञ्चारकर्मी, राजनीतिककर्मी, नागरिककर्मी र स्थानीय जनप्रतिनिधिहरुले आ–आफ्नो धारणा पेश गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले चौरीदेउरालीमा पर्यटकीय सम्भावना धेरै रहेका छन् । तिनलाई सदपुयोग गर्न बताएका थिए । उनीहरुले चौरी देउरालीमा धार्मिक पर्यटन, ग्रमीण पर्यटन, कृषि पर्यटन, संस्कृति पर्यटन, खेलकुद पर्यटन, पर्यावरण पर्यटनलगायत राफ्टिङ्ग, हिमालको दृश्य अवलोकन, साइकिलिङ्गलगायत सहासिक पर्यटनमा पर्यटकहरुलाई गाउँ लैजान सकिने बताएका थिए । त्यसका लागि गाउँपालिकाबाट नै होमस्टेका लागि बजेट विनियोजन गर्न ढिला भइसकेको सहभागीहरुले बताए । चौरीदेउराली गाउँपालिकाबाट रामेछापको सुनापाती गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिकालाई मध्यनजर गर्दै चौरीदेउराली गाउँपालिकामा कनेक्टीङ्ग पर्यटकीयको प्रचुर सम्भावना रहेको पनि सहभागीहरुको धारणा थियो । त्यसका लागि चौरीदेउराली गाउँपालिकाल बुकलेट, ब्रोशर, म्याप, गुगल एप्स, गाउँपालिकामै कल्चर हाउस, गाउँपालिकास्तरीय संग्राहलय बनाई प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।
कृषिलाई पर्यैटनसँग चोरीदेउराली गाउँपालिकामा जोडिन सकिने पनि सहभागीहरुले बताए । छरिएर रहेका बस्तीमा फार्महाउस,एकीकृत बस्तीमा होमस्टेसहितको आफ्नै मौलिक पर्यटन दिन सकियो भने चौरीदेउराली गाउँपालिकामा पर्यटक आउँछन्, स्थानीय पर्यटन व्यवसायीहरुको दावी थियो । स्थानीय पर्यटन व्यवसायीहरुले भने अब पर्यटन कम्पिटिसन र गुणस्तरमा गइसकेको हुँदा चोरीदेउराली गाउँपालिकाको टिम्रिटी खोलामा क्यानुनियन , नाग्रेगगर्चेमा रहेको ऐतिहासिक खाँडादेवी मन्दिर, तामाखानी, कात्तिके देउरालीको पाथीभारा, पोखरीचौरीको काजीको थुम्का, टासी कुन्सालिङ्ग गुम्बा, सेतीदेवी मन्दिर र चौरीदेउरालीका प्राकृतिक सम्पदाहरु चौरीखोलाबजगर, दुतीको पहिरो र देउरालीहरु स्थानीय जटिबुटी, वन जङ्गल, स्थानीय मध्यरेन्जका पहाडहरुले पर्यटकलाई लोभ्याउन सक्ने पनि उनीहरुले बताए ।

चौरीदेउराली गाउँपालिका नेपालको अन्य गाउँपालिकाहरुभन्दा पर्यटकीय हिसावले सबै कुराको खानी भएको हुँदा चौरीदेउराली गाउँपालिकाभित्र पर्यटन व्यवसायीहरु पनि अत्याधिक रहेको हुँदा आफ्नो गाउँमा र आफ्नो ठाउँमा पर्यटक लैजान जो कसैलाई पनि इच्छा हुन्छ । चौरीदेउराली गाउँपालिकाले पर्यटकीय क्षेत्रमा एउटा गुरुयोजना बनाइदियोस्, हामी स्थानीय व्यवसायीहरु आफ्नै क्षेत्रमा लगानी गर्न आउनेछौं । चौरीदेउराली गाउँपालिकाका पर्यटन व्यवसायीहरुले प्रतिवद्धता व्यक्त गरे । उनीहरुले भने आरुबोटमा होमस्टे सञ्चालन गर्न सकिन्छ । त्यहाँ गाउँपालिकाले आरुका बोट लगाइदिने अभियान चलाइदिनुप¥यो । चौरीदेउरालीमा कफि खेती पनि प्रचुर सम्भावना छन् । त्यसमा पनि सहयोग गरिदिनुप¥यो । चोरीदेउराली गाउँपालिकामा पर्यटन भित्र्याउन सकिने बन्जी जम, प्याराग्लाइडिङ्ग, पर्वतारोहण गर्न सकिने ठाउँहरु थुप्रै छन् । त्यसका लागि प्रदेश सरकार, केन्द्र सरकारसँग स्थानीय सरकारले समन्वय गरी काम गरिदेओस् । आफूहरु पर्यटन व्यवसायमा थप लगानी गर्न चौरीदेउराली आउने पनि उनीहरुले बताए । पर्यटन व्यवसायीहरुले भने हामी अहिले नै थ्री स्टार, फोर स्टार होटल बनाउन नसकौंला, होमस्टे भए पनि हामी आफ्नो गाउँमा पर्यटक ल्याउन सक्छौं ।
स्थानीय तहमा पर्यटक बढ्दा स्थानीय तहमा उत्पादन हुने साग, दूध, अन्न, फलफूल, लोकल कुखुरा, अर्गानिक खेतीबाट स्थानीयहरुलाई पनि रोजीरोटीको व्यवस्था हुने हुँदा छिटोभन्दा छिटो गुरुयोजना बनाई गाउँपालिकास्तरबाट काम होस् सहभागीहरुको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा चौरीदेउराली गाउँपालिकाका नौवटै वडामा पर्यटकीय हिसावले सम्भावना बोकेका स्थानहरुको पहिचान गरी सहभागीहरुले नामै तोकेर गर्न सकिने कामहरुको बारेमा बोलेका थिए । चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायमा संलग्न साथीहरुले विषयगत रुपमै गर्न सकिने कामको बारेमा दिशानिर्देश गरौं, त्यसैको आधारमा गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउ भन्ने अपेक्षाका साथ अन्तरक्रिया कार्यक्रम गरिएको बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सो क्षेत्रका सांसद गंगाबहादुर दोङ, प्रदेश सांसद, रत्न ढकाल, चौरीदेउराली निवासी पूर्व सांसद एवं राजदूत कमानसिंह लामा, पूर्व सांसद रेणुका चौलागाईं, स्थानीय चौरीदेउराली निवासी संग्रामजित लामा, दिनानाथ गौतम, तेजबहादुर पन्त, विष्णुप्रसाद चौलागाई, निरञ्जन कँडेल, विनोद चौलागाई, असलमान तामाङ ९लामा०, टेकराज मोक्तान तामाङ, जयराम उप्रेती, लेखराज गौतम, देवीप्रसाद पन्त, पदम दुलाल, हरिशरण खरेल, माधवप्रसाद खरेल, विनोद थापा, नकुल चौलागाई, सुरेशकुमार लामा, राजु आले तामाङ, मेनुका चौलागाई, राजकुमार गौतम उपस्थित थियो।