मेडिकल माफिया विरुद्धको आन्दोलन रोक्ने सड्यन्त्र भयोः विद्यार्थी

मेडिकल माफिया विरुद्धको आन्दोलन रोक्ने सड्यन्त्र भयोः विद्यार्थी

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चितवन, ७ मंसिर ।

चितवन मेडिकल कलेजले होस्टेलभित्र पेस्तोल राखेर आफूहरुलाई बद्नाम गर्न खोजेको विद्यार्थीहरुले बताएका छन् ।
चिकित्सा संघर्ष समितिले भोलि(आइतबार) चितवनमा विशाल प्रदर्शनको तयारी गरेको छ । उक्त संघर्ष समितिका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द रहनु भएको छ ।
भोलिको कार्यक्रम हुन नदिन कलेज प्रशासनका मान्छेले पेस्तोल ल्याएर होस्टेलमा राखेको र उक्त पेस्तोल विद्यार्थीको भन्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको विद्यार्थीले जनाएका छन् ।
विद्यार्थी नेता प्रकाश चन्द सहित केहिलाई पक्राउ गर्न लागेको भन्दै विद्यार्थीले आकस्मिक बैठक बोलाएका छन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीका अनुसार विप्लवका छोरा प्रकाश लाई पक्राउ गर्न अहिले ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
होस्टेलबाटै पक्राउ गर्न प्रहरीको घेराबन्दी चलिरहँदा विद्यार्थीले नारावाजी गरेका छन् ।
भोलि (मंसिर ८) का लागि आयोजना गरेको वृहत् प्रदर्शनलाई रोक्ने उदेश्यले गिरफ्तार गर्न खोजेको विद्यार्थीको आरोप छ ।
होस्टलमा ‘मेड इन युएसए’ लेखिएको हतियार र गोली फेला परेको चितवन प्रहरीले जनाएको छ ।
त्यसको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो । पेस्तोल कसको हो भन्ने थाहा पाएपछि प्रहरीले पक्राउ गर्ने जनाएको छ।
प्रकाश चन्द नेतृत्वमा अतिरिक्त शुल्कविरुद्ध गठन भएको चिकित्सा शिक्षा संघर्ष समितीले हाल चितवन सहित विभिन्न कलेजमा आन्दोलन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ