नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, ७ मंसिर ।नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको हो । नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुनेछ । सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन् ।

यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।

त्यसैगरी नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् ।

यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यसैगरी आज नै सार्वजनिक गरेको महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको छ ।

विभिन्न चार राष्ट्र सहभागी उक्त प्रतियोगिताअन्र्गत नेपाल र माल्दिभ्सबीचको खेल मङ्सिर १६ गते हुनेछ । नेपालले दोस्रो खेल १८ गते बङ्गलादेशसँग खेल्नेछ भने मङ्सिर २० गते श्रीलङ्कासँग अन्तिम खेल खेल्नेछ ।

महिला क्रिकेटमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् ।

राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्नेछन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ