चन्द्रागिरि मेयर गोल्डकपः आज पुलिस र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदै

चन्द्रागिरि मेयर गोल्डकपः आज पुलिस र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदै

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, ७ मङ्सिर ।
चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

चन्द्रागीरी नगरपालिका पुरानो नैकापस्थित खेल मैदानमा अपरान्ह ३ बजेपछि यी २ टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै विभागीय नेपाल पुलीस क्लब क्वाटरफाइनलमा पुगेको हो भने च्यासल युथ क्लब वाई पाएर क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो ।
यी दुई टोली बीचको विजेताले सेमिफाइनलमा ब्रिगेड ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीलाई १–० ले हराउँदै ब्रिगेड ब्वाईज क्लब प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यसअघि हिजो भएको खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब पनि सेमिफाइनलमा पुगेको छ ।

अब थ्री स्टारले सेमिफाईनलमा एपिएफ र सरस्वती युथ क्लब बीचको विजेतासँग मंसिर ११ गते प्रतिस्पर्धा गर्ने छ । ती दुई टोलीको खेल भने आइतवार हुने छ ।

३ विभागीय सहित १२ टोली सहभागी गोल्डकप दिपशीखा युवा क्लबको आयोजनामा भएको हो । प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ