‘सिसी क्यामरा जडानपछि अपराध गर्ने व्यक्ति तर्सिन्छन्’

‘सिसी क्यामरा जडानपछि अपराध गर्ने व्यक्ति तर्सिन्छन्’

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

दमौली, ७ मङ्सिर ।

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ ।

नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करीब रु २१ लाखको लागतमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमाली टोलको बीच भाग, इलाका प्रहरी कार्यालय लगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । लम्सालले शान्तिसुरक्षा कायम गर्न सिसी क्यामरा प्रभावकारी देखिएको जनाउँदै नगरपालिका क्षेत्रका अन्य ठाउँमा पनि क्रमशः सिसी क्यामरा थप गर्दै लगिने बताउनुभयो ।

सिसी क्यामरा निगरानीको व्यवस्थापन इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ । प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाइएको छ । प्रहरीले चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गिरीका अनुसार सिसी क्यामराको सहयोगबाट दुलेगौडामा केही दिनअगाडि सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन प्रहरी सफल भएको छ । “सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि गर्ने प्रवृत्तिका व्यक्ति तर्सिन्छन्,” गिरीले भन्नुभयो, “जसले गर्दा चोरी, डकैती लगायतका घटनामा कमी आउँछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ