ओर्लनेक्रममा लडेकी उर्मिला श्रेष्ठको बसले किचेर ज्यान गयो

ओर्लनेक्रममा लडेकी उर्मिला श्रेष्ठको बसले किचेर ज्यान गयो

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

दोलखा, ७ मंसिर ।

भीमेश्वर नगरिपालिका–५ स्थित सत्तरी गोलाइमा यात्रुवाहक बसले किच्दा सोहि ठाउँकी ३० वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

जिरीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसले गएराति ८ बजे किच्दा श्रेष्ठको मृत्यु भएको हो।

नयाँपुल बजारबाट चढेकी उनी घर नजिकैको सत्तरी गोलाइमा ओर्लिने क्रममा अनियन्त्रित भई लड्दा सोही बसले किचेर घाइते भएकी थिइन्।

उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टमका लागि चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ