काठमाडौं उपत्यकामा प्रदूषण बढ्दोः बर्सेनि जान्छ १० हजार ज्यान

काठमाडौं उपत्यकामा प्रदूषण बढ्दोः बर्सेनि जान्छ १० हजार ज्यान

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, ७ मंसिर । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायू प्रदुषण । यो समयमा जसरी तापक्रम विस्तारै घट्दै जान्छ त्यसको ठिक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् ।

राजधानी समेत रहेको काठमाडौं उपत्यकामा विगत दुई बर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदुषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात ‘एयर क्वालिटी इन्डेक्स९अक्वा०’ मापन गर्दै आएका छन् ।

गत एक साताको तथ्यांकले उपत्यकाको वायू प्रदुषणको स्तर ‘अस्वस्थ्यकर’ रहेको देखाएको छ । सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्युदरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषण्का कारण काठमाडौं मात्रै बार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ । नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी