काठमाडाैं, ६ मङ्सिर ।
प्रहरीले काठमाडाैंबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।
प्रहरीले नियन्त्रणमा परेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए ।
पक्राउ परेका शिवभक्ति र वाइबा यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रहेको ब्युरोले जनाएको छ। उनीहरू भारतको सिमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाडौं भित्र्याउने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए ।
यी हुन् पक्राउ परेका तीन लागुअाैषध काराेवारी ।
लागुऔषध पोल्याण्ड १ किलो सहित भारतिय नागरिक नियन्त्रणमा
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध पोल्याण्ड १ किलो सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले आज विहान ११स्३० बजे शंखरापुर नगरपालिका-९ इन्द्रेणीमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बा. ९६ प.९८५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने भारत जितिया जिल्ला पोखरियाका राकेश साहको साथबाट अबैध लागुऔषध पोल्याण्ड १ किलो बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।