अदालतले रिहा गरेलगत्तै विप्लव नेकपाका दुई जिल्ला इन्चार्जसहित तीन जना पुनः पक्राउ

अदालतले रिहा गरेलगत्तै विप्लव नेकपाका दुई जिल्ला इन्चार्जसहित तीन जना पुनः पक्राउ

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

परासी, ६ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीका सुनसरी जिल्ला इइन्चार्ज लक्षमण पौड्याल र सेक्रेटरी राजेन्द्रसिंह बिस्टलाई रिहा भएलगत्तै प्रहरीले पुनः गिरफतार गरेको छ

जिल्ला अदालत सुनसरीको आदेशमा रिहा भएका पौड्याल र विष्ठलाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो ।
गत असोज ६ गते ईटहरी उपमहानगरपालिका ५ स्थित पचँरूखीबाट गिरफ्तार उनीहरुलाई आज जिल्ला अदालत सुनसरीले धरौटिमा रिहा गरेको थियो ।

संगठित अपराध तथा विस्फो सम्बन्धी मुद्धामा सुनसरी जिल्ला अदालतको ईजलास नम्बर २ मा आज भएको थुनछेक बहसपछि न्यायधिस धर्मराज पौडेलको एकल ईजलासले २५ हजार धरोटीमा रिहा गर्न आदेश दिएको हो ।बन्दीको पक्षमा अधिवक्ता निराजन ओझा र अस्विनिकुमार भट्टराइृले बहस गरेका थिए ।

उनीहरुलाई गत भदौ २० मा सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको सुस्मा गोदावारी कलेजमा भएको बम विस्फोटमा संलग्न भएको आरोप लगाईएको थियो । पक्राउ परेका दुवैजनालाई झापा लैजाने तयारी गरेको बुझिएको छ ।

यस्तै नेकपाका पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा प्रसाद ज्ञवाली ’सुमन’ लाई पनि रिहा भएलगत्तै प्रहरीले पुनः गिरफतार गरेको छ ।

धरौटी रकम बुझाएर निस्कदै गरेका ज्ञवालीलाई प्रहरीले आज दिउँसो अदालतको मुल गेट नजिबाटै गिरफतार गरेको हो । ४० हजार धरौटी नबुझाएपछि उहालाई गत जेठ १३ गते कारागार चलान गरेको थियो ।

रिहा भएलगत्तै ज्ञवालीलाई पुनः गिरफतार गर्न खोजीएपछि पक्राउ पूर्जी बिना पक्राउ गर्नु राज्य आतंकको परकाष्ठ भएको भन्दै आफन्तले सरकारको आलोचना गरेका थिए ।

रुपन्देहीको देवदह नगरपालिका ३ घर भएका ज्ञवालीलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा बस्दै आउनु भएो थियो । गत २०७५ चैत ११ गते बर्दघाटबाट गिरफ्तार परेका ज्ञवालीलाई आगजनि अभियोगमा मुद्दा चलाइएको छ । धरौटी बुझाएपछि ज्ञवालीलाई मंसिर ११ गते हाजिर हुने गरी रिहा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ