काठमाडौं, ६ मंसिर ।
आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदै छ । काठमाडौंको स्वयम्भूबाट सुरु हुने र्याली सातै प्रदेशका प्रमुख सहरमा र्पुयाइने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन खेलाडीलाई हस्तान्तरण गर्नेछन्। त्यसपछि १३ जना ओलम्पियनले देशभर टर्च र्पुयाउने र विभिन्न सहरमा टर्च र्यालीको आयोजना गर्ने नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।
र्यालीमा नेपालका चर्चित ओलम्पियन वैकुण्ठ मानन्धर, दीपक विष्ट, जितबहादुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञानबहादुर बोहरा, टीकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजू, मुकुन्दहरि श्रेष्ठ र सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठ सहभागी हुने छन्।
नौ दिनसम्म चल्ने र्याली सागको उद्घाटनको दिन मंसिर १५ गते दशरथ रंगशालामा आएर सकिनेछ।
पहिलो दिन टर्च र्याली काठमाडौंबाट विराटनगर र्पुयाइनेछ। दोस्रो दिन विराटनगरबाट धनुषा, तेस्रो दिन हेटौंडा हुँदै चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत हुँदै नेपालगन्ज, छैटौं दिन धनगढी, सातौं दिन धनगढीबाट सागको अर्को आयोजनास्थल पोखरा र आठौं दिन पोखराबाट काठमाडौं ल्याइनेछ।
त्यसपछि नवौं दिन बेलुका ५ बजे प्रतियोगिताको उद्घाटनस्थल दशरथ रंगशाला प्रवेश गराइनेछ । मंसिर १५ गतेदेखि नेपालमा साग प्रतियोगीता सुरु हुने छ ।