काठमाडौं, मंसिर ५ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालबाट ५ सय ९६ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । साग तयारी समितिले नेपालबाट कुल ५ सय ९६ खेलाडीले सहभागिता जनाउने जानकारी गराएको छ ।
सागमा नेपालले सबै २६ खेलमा प्रतिस्पर्धा गर्ने छन् । जसमा ३ सय ९ पुरुष र २ सय ८४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सागका लागि बन्द प्रशिक्षणमा रहेका ११ सय ९७ खेलाडीबाट नेपालले ५ सय ९६ खेलाडी छनोट गरेको हो ।
अब बन्द प्रशिक्षणमा रहेका भारोत्तोलनबाट ६ खेलाडी घट्ने छन् । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline