दुधौली १४ मा बम विस्फोट, चुनढुङ्गा उत्खनन गर्ने स्काभेटर र जेसीबीमा क्षतीः प्रहरी टोली घटनास्थलमा

दुधौली १४ मा बम विस्फोट, चुनढुङ्गा उत्खनन गर्ने स्काभेटर र जेसीबीमा क्षतीः प्रहरी टोली घटनास्थलमा

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दुधौली, ५ मंसिर ।
सिन्धुलीको दुधौली नगरपालीका १४ मा आज बम बिस्फोट भएको छ । उदयपुर र सिन्धुलीको सिमानाका मिराई खानीबेसी सडकखण्ड भनेर चिनिने कपुरखोला झाक्रिटार भन्ने स्थानमा अज्ञात समूहले बम बिस्फोट गराएको हो ।उक्त सडक मारुती सिमेन्टले चुनढुङगा खानी जान प्रयोग गरिदैआएको छ ।

आज बिहान पौने ३ बजेती बिस्फोट भएको थियो । मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुर स्थित चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आइएको ६ वटा स्काभेटर र जेसीबीलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको प्रहरीले जनाएको छ।

बम आक्रमणबाट एउटा स्काभेटर र एउटा जेसीबीमा पूर्णरुपमा क्षति पुगेको र अरु एउटा स्काभेटर र एउटा जेसीबीको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्रबहादुर सिंहले जनाकारी दिनुभयो ।

राती एकै ठाउँमा पार्किङ गरेर राखिएको अवस्थामा ककुरठाकुर स्थित सिन्धुली र उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा अज्ञात समुहले तीनवटा प्रेसर कुकर राखेका थिए। एउटा विस्फोट भएर क्षति पुगेको र अन्य दुई प्रेसरकुकर बम स्काभेटर र जेसीबीमा नै रहेको प्रहरीले जनाएको छ ।

स्काभेटर र जेसीबीमा राखिएका बम निस्कृय बनाउन नेपाली सेनाको टोलि त्यसतर्फ पठाउने तयारी भएको समेत प्रहरी प्रमुख सिंहले बताउनु भयो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सिन्धुली, ईप्रका डकाहा, प्रहरी चौकि दुधौलीको प्रहरी टोली पुगिसकेको छ। त्यहाँ राखिएका दुईवटा बम डिस्पोज गराउन प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली त्यस स्थानतर्फ पठाउने तयारी भईरहेको बताईएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको एक दिन नबित्दै सोही क्षेत्रमा पुनः निर्माण समाग्रीमाथि आक्रमण भएको हो। -सांकेतिक फोटो  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी