बक्सिङका सबै रेफ्री र निर्णायकमाथि प्रतिबन्ध, टोकियो ओलम्पिक खेलाउन नपाउने

बक्सिङका सबै रेफ्री र निर्णायकमाथि प्रतिबन्ध, टोकियो ओलम्पिक खेलाउन नपाउने

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, ५ मंसिर ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले ब्राजिलमा सन् २०१६ मा भएको रियो ओलम्पिक खेलाउने बक्सिङका सबै रेफ्री तथा निर्णायकमाथि प्रतिबन्ध लगाएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले गठन गरेको बक्सिङको विशेष कार्यदलले रियो ओलम्पिक खेलाएका सबै ३६ जना रेफ्री तथा निर्णायकलाई कारवाही गरेको हो ।

उनीहरुले अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिक खेलाउन नपाउने भएका छन् । अन्तराष्ट्रिय बक्सिङ महासंघ (आईबा)बाट प्रमाणित रेफ्रीहरुको समुहबाट नयाँ मापदण्ड पूरा गर्नेहरुलाई टोकियो ओलम्पिकको लागि छानिनेछ ।

यसअघि आईबाले गठन गरेको छुट्टै समितिले रियो ओलम्पिक खेलाउने रेफ्रीहरुलाई उन्मुक्ती दिने प्रयास गरेको थियो । तर आइओसीले बेग्लै संयन्त्र बनाएर उनीहरुमाथि कारवाही गर्नाले रियो ओलम्पिकमा बक्सिङ खेलमा रेफ्री तथा निर्णायकको भूमिका र खेलको निर्णयमै गम्भिर आशंका उब्जाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ