नेपालबाट हराएका मूर्ति अमेरिकी संग्रहालयमा भेटियो

नेपालबाट हराएका मूर्ति अमेरिकी संग्रहालयमा भेटियो

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, मंसिर ५ । काठमाडौंको मन्दिरबाट सन् १९८४ मा चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ ।

यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेका छन् ।

उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छापिएको थियो ।

उक्त मुर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ ।

मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती) को प्रतिनिधित्व गर्छ ।

१५ ‍औं सताब्दीमा बनेको उक्त मुर्ति सन् १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन् । नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी