काठमाडौं, मंसिर ५ । एअर ट्राफिक कन्ट्रोलरहरुलाई प्राविधिक ज्ञान दिने उद्देश्यले आजदेखि काठमाडौंमा एसिया प्रशान्त क्षेत्रीय बैठक सुरु हुँदैछ ।
प्राविधिक ज्ञान तथा एअर ट्राफिक कन्ट्रोलरको चुनौती विषयमा सम्मेलन हुन लागेको नेपाल एअर ट्राफिक कन्ट्रोलर संघले जनाएको छ ।
सम्मेलनमा विभिन्न देशहरुमा भएका मानव तथा प्रविधिगत विकासबारे छलफल हुने संघका अध्यक्ष रामेश्वर भट्टले जानकारी दिनुभयो ।
एसिया प्रशान्त क्षेत्रका १९ देशहरु सहभागी हुने सम्मेलनमा विभिन्न देशहरुमा प्रयोग भइरहेका प्रविधिकाबारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने भट्टले बताउनु भयो । सम्मेलन आउँदो शनिबारसम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline