कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाणः ८१ बर्ष पुरानो लगत रसिद भेटियो

कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाणः ८१ बर्ष पुरानो लगत रसिद भेटियो

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ५ मंसिर । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।

भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही बर्षअघि अभिलेखालयलाई बुझाइएको थियो । खोजीका क्रममा ८१ बर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो ।

राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगका अनुसार १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पैसाको तिरो बुझाएको प्रमाण भेटिएको छ ।

त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित ‘गुञ्जी’(कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको  सूची देखिन्छ ।

तिरो प्रमाणमा हाल भारततर्फ पारिएको नावी र कुटीका बासिन्दाको नामसमेत उल्लेख छ । उक्त तिरो संकलन कर्णेल भुविक्रम राणको नेतृत्वमा खटिएको टोलीले गरेको प्रमाण पनि फेला परेको छ । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ