नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा, बाहिर पनि घुमफिर

नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा, बाहिर पनि घुमफिर

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, ५ मंसिर ।  बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।

कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् ।

कार्यालय स्रोतका अनुसार बन्दीहरू दिलबहादुर गुरुङसँग २९ लाख, दिनेश आलेसँग १५ लाख, छुटिङ लामासँग दुई लाख, सुचेन्द्र राईसँग एक लाख ७२ हजार, ओमकार शाहसँग एक लाख, युनुस अन्सारीसँग एक लाख, झिल्के मोक्तानसँग २२ हजार र छिरिङ शेर्पासँग १९ हजार ठगेका हुन् । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी