साग पुरुष भलिबलः नेपाल र भारत एउटै समूहमा

साग पुरुष भलिबलः नेपाल र भारत एउटै समूहमा

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं मंसिर ४ ।
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिकाको टुङ्गो लागेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

तालिका अनुसार नेपाल भारत रहेको कठिन समूह एमा परेको छ । समूह एमा नेपाल सहित भारत र बंगलादेश रहेका छन् । समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसंग खेल्नेछ । समुह चरणको अन्तिम खेलमा मंसिर १३ गते भारतसंग खेल्नेछ ।

समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी