कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वीरगञ्ज, मंसिर ४ ।
नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । आज बिहान पौने ८ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौजमा उत्रिएका थिए ।

चिया पसल अगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए । शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ