‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, मंसिर ४ ।
सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयाबाट मंगलवार नै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा ट्यांकर भेटिएको पुष्टि गर्नु भएको हो । भेटिएको ट्यांकरमा तेल खन्याइएकाले तेल कहाँ खन्याइयो भन्ने विषयमा खुलेको छैन ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर अपहरण गरेको बताइएको थियो ।

यद्यपि, दाबी गरिएजस्तो अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको नाटक गरिएको थियो भन्ने खुलेको छैन । टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ