काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
अध्यक्षद्ववयले मन्त्री हेरफेरको टुंगो लगाएर बुधबार अपरान्ह शितलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्न गएका थिए ।
नेकपा सचिवालयले गर्ने निर्णयका आधारमा नवनियुक्त मन्त्रीहरुका सपथ बुधबार ४ बजे हुने संभावना छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीसँग छलफल गरी सपथग्रहणको समय तय गरेको बुझिएको छ ।
नेकपाको सचिवालय बैठकले केही मन्त्रीलाई फिर्ता बोलाई उक्त मन्त्रालयमा नयाँ मन्त्रि पठाउने निर्णय गर्ने छ । प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नेछन् ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गर्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline