महिला भलिबल टोलीलाई सम्मान

महिला भलिबल टोलीलाई सम्मान

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ३ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेका नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्नुभएको छ ।

उहाँले मङ्गलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक र खेलाडीलाई सम्मान गर्नुभएको हो । उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टोलीको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गर्नुभयो ।

खेलाडीलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ