सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध मुद्दा

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, ३ मङसिर । सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतले रु १० करोड १५ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

श्रेष्ठसहित सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सञ्चालक सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डन टोवागो इण्डस्ट्रिजका सञ्चालक र सहयोग तथा सुर्ती उद्योगका दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगका जानुका कार्कीले कानून बमोजिम अन्तःशुल्क स्टिकर नलगाई नक्कली कागजात बनाएर सुर्तीजन्य वस्तु निष्काशन गरी कर छली गरेको विभागले जनाएको छ ।

उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनले निषेध गरेको कार्य गरेकाले बिगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ