विश्वकप छनोट:  नेपाल कुवेतसँग पराजित

विश्वकप छनोट:  नेपाल कुवेतसँग पराजित

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ३ मङ्सिर। 
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले  पराजित भएको हो ।
खेलको २८आँै मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका लागि निर्णायक साबित भयो । उक्त खेलमा नेपालका भरपर्दा चार खेलाडीको उपस्थिति थिएन । भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।
विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो । नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको थियो । यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो । दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ