बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

परासी, ३ मङ्सिर ।

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् । बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ ।

पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी